भरियाहरु
गएका थिए
एक हुल भरियाहरु
यहि बाटो भएर
र बोकेका थिए
कसैका आशाहरु
कसैका गुनासाहरु
कसैका रहरहरु
कसैका सपनाहरु
कसैका जिन्दगीहरु
कसैका हुकुमहरु
त्यो दिन
बतासले गाएको थिएन
पीपलका पातहरु नाचेका थिएनन्
घामले बादलरूपी पर्दा
चिर्न सकेको थिएन
मात्तिदै बग्ने कैलाश खोला
रोइराको आभास हुन्थ्यो
लाग्थ्यो भिजेका सपनाहरुको
भार थेग्न हम्मे हम्मे भैराको
छ गोड़ाहरुलाई
आन्दोलित रहरहरुले
ओरालो झर्न
मानेका थिएनन् सायद
विस्थापित सपनाहरुले
उकालो चढ्न
जानेका थिएनन् सायद
झण्डै बीस वर्ष भएछ क्यारे
भरियाहरु फर्केका
छैनन् अझै
प्रतिक्षारत आँखाहरु
धूमिल धूमिल देख्छन् अचेल
समयले गालामा
बांगाटिंगा रेखाहरु कोरिसकेछ
गाउँमा नबुझीने
नारा घन्किन थालेका छन्
साउतिको भाषामा
कुरा गर्नु पर्दैन अचेल
मन्दिर छिरेको निहुँमा
माइलो दमाई
कुटाई खादैन अचेल
प्रतिक्षारत आँखाहरु
चस्मा लगाएर
आउछन् अचेल
र नियाल्छन्
निकै परपरसम्म
केहि भन्न सकिदैन
उनको भावको
बारेमा अचेल
चस्माको रंग
कालो छ अचेल
राजेन्द्र भण्डारी
एक हुल भरियाहरु
यहि बाटो भएर
र बोकेका थिए
कसैका आशाहरु
कसैका गुनासाहरु
कसैका रहरहरु
कसैका सपनाहरु
कसैका जिन्दगीहरु
कसैका हुकुमहरु
त्यो दिन
बतासले गाएको थिएन
पीपलका पातहरु नाचेका थिएनन्
घामले बादलरूपी पर्दा
चिर्न सकेको थिएन
मात्तिदै बग्ने कैलाश खोला
रोइराको आभास हुन्थ्यो
लाग्थ्यो भिजेका सपनाहरुको
भार थेग्न हम्मे हम्मे भैराको
छ गोड़ाहरुलाई
आन्दोलित रहरहरुले
ओरालो झर्न
मानेका थिएनन् सायद
विस्थापित सपनाहरुले
उकालो चढ्न
जानेका थिएनन् सायद
झण्डै बीस वर्ष भएछ क्यारे
भरियाहरु फर्केका
छैनन् अझै
प्रतिक्षारत आँखाहरु
धूमिल धूमिल देख्छन् अचेल
समयले गालामा
बांगाटिंगा रेखाहरु कोरिसकेछ
गाउँमा नबुझीने
नारा घन्किन थालेका छन्
साउतिको भाषामा
कुरा गर्नु पर्दैन अचेल
मन्दिर छिरेको निहुँमा
माइलो दमाई
कुटाई खादैन अचेल
प्रतिक्षारत आँखाहरु
चस्मा लगाएर
आउछन् अचेल
र नियाल्छन्
निकै परपरसम्म
केहि भन्न सकिदैन
उनको भावको
बारेमा अचेल
चस्माको रंग
कालो छ अचेल
राजेन्द्र भण्डारी
Comments
Post a Comment