केहि थान अक्षरहरु
कल्पनाको प्यारासुटबाट
अवतरीत जिन्दगीलाई
पीठयूमा बोकेर तीर्थ यात्रामा
निस्किएको बेला
सजदा नगरी फर्किएका
हजमा निस्किएका
मेरा रहरहरु
पाश्चातापको आहालमा
चुर्लूम्म डुबेको बेला
नीलो आकासका
सेताम्मे बादलजस्तै
सुकिला मेरा सपनाहरुको हालत
भिजेको मकैबारी जस्तै
भएको बेला
जिन्दगीको गाडीमा
सीटबेल्ट नबाधिकन
लङ ड्राइवमा
निस्किएको बेला
खासमा भन्नुपर्दा
म म भएको बेला
तिमी तिमी भएको बेला
- राजेन्द्र भण्डारी

Comments
Post a Comment